विप्लव नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

biplob
लाेकपाटी न्यूज

बर्दिया, २६ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

प्रहरीले लामाे समयदेखि प्रतिबन्धमा रहेकाे नेकपाका जिल्ला सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको हाे ।अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको समेत बाँस्तोलाले जानकारी दिए।