चितवन, २६ साउन। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ उद्योग वाणिज्य संघ माडीले एक लाख ११ हजार १११ रुपैंयाँ सहयोग गर्नेभएको छ। रंगशाला निर्माण सहयोगका लागि माडीको बसन्तपुरमा सञ्चालित एक कार्यक्रममा उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य ९तुलसी०ले सो घोषणा गरेका हुन्।
माडी नगरपालिकाले माडीको बसन्तपुरमा आयोजित रंगशाला निर्माण सहयोगसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा माडीका नगरप्रमूख ठाकुरप्रसाद ढकाल, उपप्रमूख ताराकुमारी काजी महतोसँगै जिल्ला समन्वय समिति चितवन, उद्योग वाणिज्य संघ माडी र माडीका विभिन्न निकाय, संघसंस्थाहरुका पदाधिकारी र प्रतिनिधीहरुको सहभागिता रहेको थियो।
यसैगरी,कार्यक्रममा माडी नगरपालिका नगरप्रमूख ठाकुरप्रसाद ढकालको संयोजकत्वमा क्रिकेट रंगशाला सहयोग समिति गठन गरिएको छ। कार्यक्रममा नगरप्रमूख ढकालले आफ्नो तलबको आधा महिनाको तलब र धर्मपत्नी गंगा ढकालको तर्फबाट ५ हजार सहयोग गर्ने घोषणाा गरे।



लाेकपाटी न्यूज

