आइतबारको भाग्यफल : कुन राशिका लागि कति लाभदायी ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।परिवारका सदस्यहरूसित भेटघाट हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। आर्थिक कारोवारमा बिवादपनि आउला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। रमणीय र सुखद् यात्रा हुनेछ। धार्मिक यात्राको योगछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ। चोटपटकको भयछ सचेत रहनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योग रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। कुनै कुराले मनमा प्रसन्नता छाउनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ। घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ। रमणीय र सुखद यात्राको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। आर्थिक कारोवारमा मन्दी आउनेछ। मनमा दुविधा उत्पन्न होला। सौन्दर्यतामा धन खर्च हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्