चाैधरी गिरफ्तारमा प्रहरी असफल, जनपत्रकार स‌ंगठनद्वारा खेद व्यक्त

लाेकपाटी न्यूज

दाङ, २५ साउन। नेपाल पत्रकार महासंघले आयोजना गरेको र महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य लगायत पदाधिकारी सम्मिलित कार्यक्रमबाट बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश अनलाइनकी सम्पादक जानकी दहित चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने असफल प्रयास गरेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ दाङको कार्यलयमा पुगेकी पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने असफल प्रयास गरेको हो ।

उनलाई गिरफ्तार गर्न ठूलो संख्यामा सादा पोशाकका सुराक्षाकर्मी परिचालित भएको देखेपछि कार्यक्रममा सहभागी पत्रकारले सशक्त प्रतिवाद गरेका थिए। सोही कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य लगायतका पदाधिकारीले पत्रकार जानकी चौधरीलाई गिरफ्तार गरिए आफूहरु जिल्ला प्रशासन र प्रहरी कार्यालय अघि ‘उनको रिहाई र प्रहरी हस्तक्षेपको विरोध’ गर्दै धर्ना बस्ने चेतावनी दिएका थिए।

यसैबीच, जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संगठनका केन्द्रीय कोषाध्यक्ष चौधरीलाई गरेको हस्तक्षेप र नियन्त्रण प्रयासप्रति खेद प्रकट गरेका छन् ।

उनले पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन पुगेकी आफ्नो संगठनकी कोषाध्यक्ष जानकी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने असफल प्रयास गर्नुलाई ‘प्रेस स्वतन्त्रतामाथि हमला’ को संज्ञा दिएका छन् । उनले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले विचार र आस्थाका आधारमा पत्रकारलाई धरपकड र गिरफ्तार गरेको प्रति कडा आक्रोश व्यक्त गर्दै प्रेस विरोधी हर्कत तत्काल बन्द गर्न चेतावनी समेत दिए।

स‌ंगठनद्वारा जारी विज्ञप्तिः