काठमाडौं । दुब्लो भएका युवा युवती बिवाहपछि मोटाएका हामीले देखेका छौं। अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ।
बिवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ। फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार बिवाहपछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ।
यस्तै एक अन्य अनुसन्धानका अनुसार बिवाहको ५ वर्षभित्र करिव ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ। विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो।
एक. हर्मोनल चेन्ज
बिवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै चार.हर्मोनल चेन्ज हुने गर्दछ। यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ।
दुई. निन्द्रा नपुग्नु
बिवाहपछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन्। अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ।
तीन.तनाव
बिवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन्। यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ।
चार. सोचमा परिवर्तन
मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर बिवाहपछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ।
पाँच.दैनिकीमा परिवर्तन
एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर बिवाहपछि प्राथमिकता परिवर्तन हुन्छ। मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन्। शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ।
छ.उमेरको असर
आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन्। जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ।
सात.आउटिंग
बिवाहपछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ। यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन्। यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन्।
आठ.डाइटमा परिवर्तन
बिवाहपछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ। धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन। यसले तौल बढ्छ।



लाेकपाटी न्यूज

