सुनवल, २४ साउन । प्रा.वि स्तरीय चित्रकला प्रतियोगीतामा बाबा मा.वि सुनवलकी छात्रा रेश्मी कवर प्रथम भएकी छन् ।
नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको अयोजनामा सम्पन्न चित्रकाल प्रतियोगीतामा ज्ञानज्योति माविकाका छात्र कृष्ण प्रसाद पौडेल दोस्रो भएका छन् । त्यस्तै न्यु स्टार माविका रिजन परियार तेस्रो भएका छन् भने ज्ञानज्योति माविकी मनिषा चापागाईले सान्त्वना हात पारेकी छन् ।
सुनवल नगरपालिका भित्रका ३१ छात्रा र ३१ छात्रहरुको सहभागिता रहेको चित्रकला प्रतियोगीताको निर्णायक मूल्याङ्कनमा नर वहादुर विक (लाजिम्पाट, काठमाडौं) र धौलि आर्ट कलेज उडिसाका प्रोफेसर सर्वुदिन अहमद रहेका थिए ।
जुरेस युरेसका संयोजक भविश्वर पाण्डेको अध्यक्षता रहेकाे चित्रकला प्रतियोगिता कार्यक्रममा शिक्षा तथा युवा खेलकुद सुनवल नगरपालिकाका पशुपति भट्टराईको प्रमूख आतिथ्यता रहेको थियाे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका उपसभापति कृष्ण प्रसाद लामिछाने, रेडक्रस सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्मा डाउन टाउन वुटवलका अध्यक्ष रविलाल पोखरेल, कृष्ण काफ्ले, दामोदर भट्टराई लगायतले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।



लाेकपाटी न्यूज

