प्रधानाध्यापककाे कुटाइबाट विद्यार्थीकाे दाँत झरेपछि…

kutpit-hatpat
सांकेतिक तस्बिर
रासस न्यूज

काठमाडाैं । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्। बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत छात्र १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए। अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले गुनासो गरे।

‘छोराका साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि ऊ बेहोस भएको थियो’, पौडेलले भने, ‘माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ’, पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ।

जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो। बाबु प्रेमप्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन्। ‘पठनपाठन राम्रो हुन्छ भनेर गणेश माविमा पठाइयो’, उनले भने, ‘म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपिट गर्न पाइँदैन।’ ती शिक्षकविरुद्ध कानूनी उपचार गर्नुपर्ने बताउँदै पौडेलले कुशल खेलाडीसमेत भएकाले सामान्य चोटबाट उनी पीडित नहुनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्