काठमाडाैं । आजकल अधिकांश उत्पादन तथा अनलाइन साइटहरु गुगलमा अरुभन्दा अघि कसरी आउने भन्नेतर्फ लागि परेकाे पाइन्छ । गुगलमा सम्बन्धित विषयका बारेमा कसैले सर्च गर्यो भने आफ्नो वेबसाइट, आफूले पोष्ट गरेका सामाग्रीहरु, आफ्नो कम्पनी तथा विषयहरु सूचिको सबैभन्दा माथि देखियोस् भन्ने चाहना राख्नु स्वभाविक पनि हाे ।
त्यसमा पनि अहिले त गुगल सर्चमा टप लिस्टमा आउनु भनेको लोकप्रियताको मापन गर्ने आधार पनि भएकाे छ । त्यही भएर पनि सबै यही ध्याउन्नमा भएकाे पाइन्छ । गुगल सर्चमा कसरी टप आउन सकिन्छ भन्ने बारे अनुसन्धान पनि भइरहेका छन्।
आफ्नो वेबसाइट वा इन्टरनेट सामाग्रीहरुलाई गुगल सर्चकाे टप लिस्टमा पुर्याउन यी तरिका अपनाउन सकिन्छः
शीर्षक आकर्षक बनाउनेः कि वर्डको साथसाथै तपाईंले सामाग्रीको गुणस्तरमा पनि ध्यान दिनुपर्ने हुन्छ । यदि राम्रो सामाग्री भयो भने धेरै मानिस प्रभावित भएर तपाइँको वेबसाइटको सामाग्री पढ्ने तथा शेयर गर्ने क्रम तीव्र हुन्छ । त्यसैले शीर्षकलाई जतिसक्दाे आकर्षक बनाउनु पर्छ ।
सामाजिक मैत्री बनाउनेः तपाईंको साइटका सामाग्रीहरु भद्र, सभ्य तथा सामाजिक खालका हुनुपर्छ । यो भयो भने सबै खाले मानिसहरुले पढ्ने तथा शेयर गर्ने गर्छन् । वेबसाइट भिजिट गर्ने मानिसको संख्या पनि बढिरहन्छ ।
मोबाइल मैत्री बनाउनेः न्यूज साइटदेखि लिएर सपिङ साइट सम्मका वेबसाइटहरु मोबाइलमा हेर्नेको संख्या बढिरहेको छ । यदि तपाइँको वेबसाइट मोबाइल फ्रेण्डली भयो भने गुगल सर्चमा अगाडि आउन सक्छ । र यसबाट तपाइँको वेबसाइटका भिजिटर्सको संख्या पनि बढ्ने हुन्छ ।
हाइपरलिंक राख्नेः आफ्नो साइटका सामाग्रीहरुको आधिकारिकताका लागि मूल श्रोतको हाइपरलिंक ठाउँठाउँमा दिनुपर्छ । यसो गर्दा मानिसहरुले मूल श्रोतसम्म पनि पुगेर सामाग्रीहरु पढ्छन् । त्यस्तै आफ्नै साइटका पूराना सान्दर्भिक सामाग्रीहरुलाई समेत हाइपर लिंकमा राखिदिनुपर्छ ।
यसो गर्दा पूराना सामाग्रीहरु समेत पटक–पटक पढिन्छन् र वेबसाइट भिजिटर्सको संख्या बढ्छ । सामाग्रीहरु धेरै पटक पढिँदा त्यो गुगल सर्चमा पनि अगाडि आउने सम्भावना हुन्छ ।
वेब स्पिड बढाउनेः तपाईंको साइट कति छिटो खुल्दछ र त्यसका सामाग्रीहरु प्रयोगकर्ताले कति छिटो पढ्न पाउँछ भन्ने कुराले पनि लोकप्रियताको मापन गर्दछ । खुल्नकै लागि धेरैबेर लाग्ने साइटका प्रयोगकर्ता पनि घट्दछन् र यसबाट तपाईंको साइट सर्च रिजल्टमा माथिल्लो स्थानमा आउने सम्भावना कम हुन्छ ।



लाेकपाटी न्यूज

