नेकपा नेतृ शान्ता चाैधरी कक्षा ११ मा भर्ना, रोल नम्बर भयाे कति ?

Shanta Chaudhary Exam
लाेकपाटी न्यूज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षामा भर्ना भएकी छन् ।

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गरेकी नेतृ चाैधरी काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् ।

कक्षा ११ मा भर्ना हुनका लागि शुक्रबार रत्नराज्य मावि पुगेकी शान्ताले दाङकै निलम थापाकाे पनि रत्नराज्य माविमै कक्षा ११ मा भर्ना गराएकी छन् ।

निलमको सम्पूर्ण पढाइ खर्च आफूले नै व्यहोर्ने शान्ताले जनाएकी छन् । ११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षागत रोल नम्बर ६२ रहेको जनाएकी छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्