काठमाडौं। आफ्नो यौन पार्टनरसँग यौन सम्बन्ध बनाउनुभन्दा पहिला पुरुषहरुले यी कुरामा ध्यान दिनुहोस्, जसले भरपूर आनन्दको साथै यौनसम्पर्कको समयावधि पनि लम्बाउन सकिन्छ।
शान्त तथा सकारात्मक रहनुहोस् – पुरुषहरुमा शीघ्रपतन उति नै समस्याको विषय बन्ने गरेको छ, जति मानसिक समस्या हुने गर्दछ। यसलाई आफ्नो कमजोरीका रुपमा नलिऊँ र आफूलाई दोष दिन बन्द गरौं। आफैँले आफैँलाई गर्ने अविश्वास, शंकाका कारण सेक्समा आत्मविश्वास तथा आत्मसम्मान खस्कन नदिऊँ। बरु सकारात्मक सोचौं, आफूमा आवश्यक परिवर्तन ल्याउन तपाईं सक्षम हुन सक्नुहुन्छ।
आफैँसँग अभ्यास – आफैँसँग यौन अभ्यास गर्नुलाई सामान्य बोलीचालीको भाषामा हस्तमैथुन भनिन्छ। यो तरिका पूर्णतः स्वास्थ्यवद्र्धक तथा स्वाभाविक प्रक्रिया भएको विज्ञहरु बताउँछन्। तपाईले आफ्नो यौनक्षमता बढाउनका लागि हस्तमैथुन नियमित गर्दा फाइदा हुनेछ। यसले शीघ्रपतनबाट बच्न पनि मद्दत पुर्याउने छ। यतिसम्म कि हस्तमैथुनले तपाईंलाई तनाव तथा थकानबाट पनि मुक्ति दिलाउन सहयोग गर्दछ। यो अभ्यासले आफ्नो शरीर र यसको इस्टामिनाका बारेमा तपाईं स्वयंलाई परिचित गराइदिन्छ। यसबाट तपाईं यौनसम्पर्कका बेला गति कति बेला बढाउने वा घटाउने भन्नेमा पनि थाहा पाउन सक्नुहुन्छ।
सम्भव भएसम्म नियमित यौनसाथी खोजौं – पुरुषहरुमा कोही नयाँ महिलाको साथमा पहिलो पटकमा नै विशेष रुपमा उत्तेजित हुने प्रवृत्ति हावी हुने विशेषज्ञहरु बताउँछन्। खासगरी यस्ती महिलासँग कि जोसँग शारीरिक आकर्षण पहिलाबाट नै थियो र यौनसम्पर्क भएको थिएन। मात्र एउटा मात्र साथीसँग वा श्रीमतीसँग मात्र दिगो यौनसम्बन्ध राख्नु नै शारीरिक तथा मानसिक हिसाबले उत्तम मानिन्छ, किनभने तपाईं यौनसम्पर्कका बेला जति पुरानो यौनपार्टनर भयो उति खुल्न सक्नुहुन्छ र आत्मविश्वास पनि उच्च रहेको हुन्छ।
कण्डमको प्रयोग गर्नुहोस् – धेरै पुरुषहरुको एउटै गुनासो रहेको हुन्छ कि कण्डमको प्रयोगले सोचेजति यौनान्द प्राप्त हुँदैन। तर, तपाईं विस्तारामा अधिक समय यौन पार्टनरसँग बिताउन चाहनुहुन्छ भने यसको प्रयोग गर्नैपर्छ, जसको कारण तपाईं निर्धक्कसँग यौनसम्पर्क गर्न सक्नुहुन्छ भने गर्भ बस्ने तथा यौन रोग लाग्ने जोखिमबाट मुक्त हुन सक्नुहुन्छ।
मदिरा तथा धूमपान कम गरौं – कतिपयले यौन सम्पर्कका बेला उत्तेजित हुन अधिक मदिरा तथा धूमपान गर्ने गर्दछन्, जुन एकदमै गलत हो। यस्ता पदार्थको सेवनले पुरुषहरुमा शीघ्र स्खलनको समस्या बढ्ने हुँदा सकेसम्म नखाएको राम्रो यदि खाने बानी भएमा कम गर्दै लैजानुहोस्। (डा. सुबोध पोखरेलको फेसबुक पेजबाट)



लाेकपाटी न्यूज

