भारतले हडपेको नेपाली भूमिबारे सरकार किन बोल्दैन ?

Fadindra_Nepal
लाेकपाटी न्यूज

काठमाडौं। लामो समयदेखि सुगौली सन्धीमा गुमेको नेपाली भू–भाग फिर्ता माग्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष सामाजिक अभियन्ता फणीन्द्र नेपालले लिपुलेक कसको हो ? भनेर सरकारलाई प्रश्न गरेका छन्। नेपालले लिपुलेकको बारेमा उठान गर्दै सरकारलाई प्रश्न गरेका हुन्।

सामाजिक अभियन्ता नेपालले चीन र भारतले व्यापारिक मार्गको रुपमा लिपुलेकलाई प्रयोग गर्ने गरी गरेको सहमति नेपाली भू–भागमाथिको अतिक्रमण भएको भन्दै त्यसलाई रोक्न सकिने आधारहरुसहित सरकारले पहल नगर्नुको कारणबारे प्रश्न उठाएका छन्। नेपाली भूभागमाथि त्यसरी अतिक्रमण हुँदा नेपाल सरकरले त्यसलाई सच्याउन के पहल गर्यो ? जानकारी नभएको भन्दै नेपाली भूभागप्रति चिन्ता जाहेर गरेका छन्।

सन् २०१५ मे १५ मा चिनियाँ र भारतीय प्रधानमन्त्रीले बेजिङमा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा नेपालको लिपुलेकलाई ती दुई देशबीचको व्यापारिक मार्गका रूपमा विकसित गर्ने भन्ने उल्लेख गरेपछि नेपालको सहमति नलिइकन कसरी चीन र भारतले नेपाली भूभागबारे सहमति गर्न सक्छन् भन्ने प्रश्न जनस्तरमा उठ्यो। तर, नेपाल सरकारले दृढतापूर्वक यो कुरा उठाएन।

‘मैले चीन भ्रमणमा गएका बखत चिनियाँ कूटनीतिज्ञहरूसँग यसबारे प्रश्न उठाउँदा उनीहरूले भारतले लिपुलेक आफ्नो भूभाग भएकोे हुँदा यहीँबाट ब्यापारिक मार्ग खोल्न सकिन्छ भनेपछि संयुक्त प्रेस विज्ञप्तिमा त्यो बुँदा परेको हो, यसमा भएको गल्ती सच्याउन नसकिने होइन। तपाईंहरू कि काठमाडौँस्थित चिनियाँ राजदूतावासमार्फत् आउनुस् कि आफ्नै देशको परराष्ट्र मन्त्रालयमार्फत्’ उनले भनेका छन्।