सङ्घीयता कुनै गुडिया होइन : जनार्दन शर्मा

Janardan Sharma
लाेकपाटी न्यूज

काठमाडौं, २३ साउन। नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन हेलचेक्र्याईं गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नहुँदासम्म पीडितको आवाजलाई सम्वोधन गर्ने, सत्य तथ्य पत्ता लगाउने, न्याय निरुपण गर्ने र मुख्य त मेलमिलाप गर्ने कुरा अधुरो रहेको छ’ शर्माले भने । यसमा हेलचेक्र्याईं हुनु शान्ति प्रक्रिया र संविधानको भावना विपरीत हुने सांसद शर्माले बताए।

सत्य निरुपण आयोगका पदाधिकारी सिफारिस गर्न समिति बने पनि नाम सिफारिस नभएको भन्दै उनले तत्काल आयोग गठनको काम अगाडि बढाउन माग गरेका छन्।‘सुनेका छौं सिफारिस समिति बनेको छ। नाम सिफारिस भइरहेको छैन, आयोग गठन भइरहेको छैन यो आयोग गठन गरेर काम अगाडि बढाउन माग गर्दछु’ उनले भने ।

सांसद शर्माले संघीयता कमजोर पार्ने गरी विभिन्न अभिव्यक्तिहरु आइरहेको भन्दै संघीयता कार्यान्वयन इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए। संघीय व्यवस्था विगतको आन्दोलनको उपलब्धी भन्दै उनले यसलाई गुडियाजस्तो व्यवहार नगर्न पनि सचेत गराए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्