एजेन्सी। अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ।
बिहिबार विहान ६.१५ मिनेटमा भूकम्पको झट्का महसुस गरिएको थियो। भूकम्प ६.२ रेक्टर स्केलको रहेको थियो। हिन्दुकुश पाकिस्तान नजिकैको क्षेत्र भएकोले त्यहाँ पनि भूकम्पको झट्का महसुस गरिएको थियो।
यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले त्यहाँ समय समयमा भूकम्पको झट्का महसुस भइरहने भए पनि आजको यो भूकम्पको झट्का केहि बढी भएको बताइएको छ।



लाेकपाटी न्यूज

