एनआरएनएको निर्वाचनकाे केन्द्रिय अध्यक्षमा कुमार पन्त नै किन ?

लाेकपाटी न्यूज

काठमाडाैं । गोरखाको फुजेलमा सामान्य परवारमा सन् १९७६ मा जन्मिनुभएका कुमार पन्त तिक्ष्ण बुद्धि, शालीन तथा आज्ञाकारी बालब्यक्तित्व उहाँको असल परिचय थियो । अवसरको खोजीमा सपनाको सानो पोको बोकि सन्र १९९७ तिर जर्मन छिरेर जिवन एक संघर्ष हो भन्ने आत्मसाथ गरी होटल लाईनमा जागिरेका रूपमा आफ्नो प्रवासी जिवन यात्रा शुरू गर्नु भएका पन्तले आफ्ना ब्यक्तिगत जिवनलाई सहजतामा बदल्ने क्रममा नै अब विदेशमा रहेर मेरो ब्यक्तिगत पाटो मात्र होइन सामाजिक क्षेत्रमा पनि केही गर्न आफ्नो भूमिका र दायित्व भएकाे ठान्दै सन्र २००४ मा प्रवास र मातृभूमिलाई जोड्न गैरआवासीय नेपाली संघ NRNA को यात्रामा सहयात्री भई समाहित हुनुभयो ।

एनआरएनएको यात्रामा पवित्र उद्धेश्य, संस्थाप्रति इमान्दार र मर्यादित हुँदै यस संस्थाको भौतिक विकास र संस्थाको दायित्वलाई फराकिलो बनाउन अझै आफ्नो जिम्मेवार बढेको महसुस गर्दै सन् २००५ मा हिसान क्षेत्रको संयोजकमा आफ्नो जिम्मेवारी, संस्थाले गरेको अपेक्षा भन्दा पनि अब्बलताका साथ पूरा गर्नुभयो । यसले एनआरएनको यात्रामा अझै जिम्मेवार र माथिल्लो तहमा रहेर काम गर्ने उर्जा थपिदियो । यसै अनुरुप सन् २००९ मा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदमा रहेर काम गर्ने ईच्छा जागृत भयो र उहाँको यस संस्थाको यात्रामा केन्द्रिय तहमा महत्वपूर्ण जिम्मेवारीका साथ सन् २०११ मा यूरोप क्षेत्रको क्षेत्रीय संयोजकमा काम गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भयो ।

आफ्नो अनुभवको आधारमा होटल व्यवसायमा सफल प्रवासी नेपालीहरूको अर्को नयाँ अध्यायमा जर्मनको एक सफल व्यवसायीको अर्को अध्याय थप्न सफल पन्त महत्वपूर्ण पारिवारिक र व्यवसायिक समयलाई सामाजिक अभियानमा स्थान्तरण गरी संस्थाले अपेक्षा गरेका उद्धेश्यहरूको प्रतिफल गुणात्मक नै रह्यो । यसले यात्राको दुरीहरू झनै फराकिलो र विशिष्ट बनाउँदै संस्थालाई परिष्कृत र यस अभियानलाई अझै उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निरन्तर रहिरह्यो । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदलाई एक प्रणालीमा चलाउने संयन्त्रको विकासमा सुधार र संस्थाको दायित्वलाई अझै फरक र विशाल बनाउने उद्धेश्य अनुरूप सन्र २०१३ मा महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर आफ्नो २ वर्षको कार्यकाललाई ऐतिहासिक साबित गर्नुभयो। यस यात्राको अथक र अब्बल यात्रीको रूपमा आफूलाई विश्वभर चिनाउन सफल हुनुभयो ।

यात्रा सगरमाथा र संस्थालाई त्यो उचाईमा सफलताको ईतिहास रच्ने अभिलाषाले सन २०१५–१७ मा आफूलाई उपाध्यक्षको पदमा उभ्याएर अध्यक्षले गर्नु पर्ने विभिन्न महत्वपूर्ण काममा आफूलाई परिक्षकको रूपमा प्रस्तुत गर्नुभयो । संस्थाको विभिन्न अफ्ठ्यारा परीक्षामा पास भैसकेर पनि संस्थाको मर्म, अग्रजहरूको सम्मान, प्रतिस्पर्धी साथीहरूको आकांक्षालाई मध्यनजर गरी अध्यक्षको प्रत्यासी रहँदा रहँदै त्यो पदीय दायित्व र जिम्मेवारीको कुनै सेकेण्ड खेर नजाओस् भन्ने गतिशिल सोंच बनाई वर्तमान अध्यक्षसँग कुनै राजनैतिक पूर्बाग्रह नराखी सहयात्री भबन भट्टलाई अध्यक्ष पदको लागि सहयोग गर्ने र अर्को कार्यकालमा आफूलाई सहयोग गर्ने गरी ब्यक्तिगत सहमतिको आधारमा हाल उपाध्यक्षको पदमा दोहोर्याएर सम्पूर्ण हिसाबले सुसज्जित भई केन्द्रिय अध्यक्ष पदको लागि आफूलाई प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ ।

विश्वभर छरिएर रहेका लगभग ८० लाख नेपालीलाई ब्यक्तिगत तथा सामूहिक लगानी मातृभूमि नेपालमा गर्नु पर्छ भन्ने मुल मन्त्र राखी नेपालमा पनि विभिन्न क्षेत्रका ब्यापार र उद्योगमा लगानी गर्नु भएका पन्त प्रवासी नेपालीहरूको भावना, श्रम, सिप र पूँजिलाई मातृभूमिसँग जोडेर स्थापना कालदेखि नै एनआरएनएले घोषणा गरेको समृद्ध नेपालको नारालाई सार्थक बनाउन यसै बर्ष नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १० अर्बको लगानी एनआरएनएबाट संस्थागत रूपमा भित्र्याउने गरी भएको हस्ताक्षरमा पनि उहाँको ठूलो भूमिका रहेको छ ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मातृभावलाई आत्मबोध गर्दै विदेशी नागरिकता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकार सहितको दोहोरो नागरिक्ता पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग यहाँको संस्थागत पहल अतुलनीय रह्यो । फल स्वरूप विधान राष्ट्रिय सभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ । संस्था र विश्वभरका नेपाली समुदायको हितलाई शिरोपर गरी विश्वका ८५ भन्दा बढी राष्ट्रको प्रत्यक्ष भ्रमण गरी विभिन्न राष्ट्रहरूमा रहेका नेपालीहरूको विभिन्न विद्यामान समस्याहरूको न्यूनिकरण र समाधानको लागि गरिने प्रयासलाई सहज बनाउन हाल विश्वभर अन्तिम समय गठित एनआरएनएको राष्ट्रिय परिषद माल्टासहित ८०औं राष्ट्रमा आफ्नो संजाल विस्तार गर्न पनि यहाँको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो ।

हो त्यसैले अब कुनै जात, धर्म, क्षेत्र, लिङ्ग तथा कुनै राजनैतीक ध्रुवको आधारमा नभइ एक कर्मठ, शालीन, सक्षम, अनुभवी र नेतृत्व शक्तिलाई आधार मान्ने हो भने आगामी अक्टोबरमा काठमाडाैंमा हुन गइरहेको ९ औं विश्व सम्मेलनबाट केन्द्रिय अध्यक्षको लागि निर्विराेध रूपमा कुमार पन्तलाई निर्वाचित गराउन आवश्यक छ । यस्तै गरि विगतमा शुरू भएको भिजन २०२० लगायतका अन्य संस्थागत योजनाहरूको कार्यनयनको लागि पनि कर्मठ ब्यक्तित्व कुमार पन्तज्यूको नेतृत्व अपरिहार्य छ । आदरणीय कुमार पन्तज्यूलाई अग्रिम बधाई र यहाँको कार्यकाल ऐतिहासिक बनोस शुभकामना ।।

लेखकः शिव बन्जारा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्