काठमाडौं, २२ साउन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थललाई विश्वकै सानदार विमानस्थल बनाउँने बताएका छन्। आज बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले निजगढ विमानस्थललाई लिएर वन तथा वातावरणको बिषयमा विभिन्न क्षेत्रबाट चासो उत्पन्न भईरहेको बिषयमा बोल्दै उनले यस्तो बताएका हुन्।
निजगढ विमानस्थलका लागि वन फडानीको बिषयलाई लिएर सबैले चासो दिईरहेको बिषयमा आफू जानकारीमा रहेको र त्यसका लागि आफूले छलफल गर्ने बताए। उनले भने “रूख कटानका सम्बन्धमा म वातावरणलाई विनाश र विध्वंस गर्न आएको होइन। निजगढमा विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ। त्यसका लागि उठेका चासोलाई सम्मान गर्छु। सबै सरोकारवालासँग छलफल गर्छु”।
पछिल्लो समय निजगढ विमानस्थललाई लिएर काम भन्दा पनि चर्चा बढि भईरहेको परिपेक्षमा उनले अब निजगढ विमानस्थललाई लिएर कामको मात्र चर्चा हुने बताए।



लाेकपाटी न्यूज

