काठमाडौं, २२ साउन । बालुवाटारस्थित सुविसु भवनमा आगलागी भएको छ ।इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।
जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।
दमकल, स्थानीय तथा प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ । तर पूरा नियन्त्रणमा लिन भने सकिएकाे छैन । आगलागीले के कति क्षति पुर्याएकाे छ भन्ने सम्बन्धमा थप विवरण आउन बाँकी रहेकाे छ ।



लाेकपाटी न्यूज
