काठमाडौं, २२ साउन। नेपाली कांग्रेस केन्द्रीय समितिको आज बोलाइएको बैठक आइतबारसम्मका लागि सरेको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार आज मध्याह्न बैठक बस्ने तयारी थियो।
पार्टीको अन्तरिम संरचना निर्माण गर्नेबारे केही छलफल बाँकी रहेकोले बैठक सरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले पार्टीको अन्तरिम संरचना निर्माण गर्नेबारेको निर्देशिकाको मस्यौदा तयार भएको बताए।
उक्त मस्यौदामा थप छलफल गर्नुपर्ने भएपछि बैठक सारिएको प्रवक्ता शर्माले बताए। शीर्ष तहमा छलफलपछि मात्रै निर्देशिकाको मस्यौदा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने उनले बताए।
बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



लाेकपाटी न्यूज

