बुधबारको भाग्यफल : कुन राशिका लागि कति लाभदायी ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ। ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यमा सफलता पाईनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा मधुरता छाउनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दुविधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक कारोवारमा मन्दी आउनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्यामा सफलता पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागमको हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा अविश्वास उत्पन्न हुनेछ। प्रेममा मनमुटाव आउला। यात्रामा मालसामान हराउन सक्छ। मनमा निरासा र शरीरमा आलस्य आउला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन्। परिवारमा सुख सन्तोष छाउला। नयाँ कामको थालनी हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) अनावश्यक धन खर्च हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा सहयोगको भाव आउला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। साना तिना समस्यामा अल्झिनुपर्नेछ। स्वास्थ्यमा समस्या आउला। दिनको उत्तरार्धभने सुखद् रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्