काठमाडौं, २१ साउन। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको मंगलबार बसेको बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिए।
सांसदहरुले राष्ट्रसेवकका लागि बिदा अधिकार नभई सहुलियत भएकाले यसलाई सोहीअनुसार लिनुपर्ने बताए। बैठकमा विधेयकमा भैपरी आउने, पर्व र घर बिदा, प्रसूति, प्रसूति स्याहार, बिरामी र अध्ययन, असाधारण, बेतलबी बिदा लगायत सम्बन्धमा पनि छलफल भएको थियो।



लाेकपाटी न्यूज

