बधाई मेरा लागि सबैभन्दा ठूलो चुनौती : योगेश भट्टराई

yogesh-bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २१ साउन। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू पर्यटनमन्त्री बनेपछि सामाजिक सञ्जालमा आएका बधाई आफ्नो लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।

बिहीबार बिहान तत्कालिन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारी शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले आफू पर्यटनमन्त्री बनेपछि धेरैले बधाई दिएको बताउँदै त्यो बधाइलाई आफूले चुनौतीको रुपमा लिएको बताए।‘सोसल मिडियामा धेरै ठूलो बधाई मलाई प्राप्त भएको छ, त्यो बधाई मेरो लागि निक्कै ठूलो चुनौती हो जस्तो मलाई लाग्छ। ती चुनौतीलाई सामना गरि अगाडि बढ्नु मेरो दायित्व हुने छ,’ उनले भने ।

त्यस्तै उनले आफूले काम गर्न नसेकेको महशुस भएको दिन मन्त्री पदबाट राजीनामा दिने पनि घोषणा गरे। उनले आफ्नो आगामी दिनको सबैभन्दा ठूलो चुनौती भनेको करार सम्झौता हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्