काठमाडाैं । प्रशासनिक आधारमा नेपालका स्थानीय तहहरुकाे वर्गीकरण गरिएकाे छ । नेपालमा रहेकाे महानगरपालिका, नगरपालिका र गाउँपालिकाकाे प्रशासनिक आधारमा वर्ग छुट्याउँदै स्थानीय तहहरुकाे वर्गीकरण गरिएकाे हाे ।
वर्गीकरण अन्तर्गत स्थानीय तहहरुलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरिएकाे छ । जसअन्तर्गत क वर्ग अर्थात अति दुर्गममा १६२ वटा स्थानीय तहहरु परेका छन् भने ख वर्ग अर्थात दुर्गममा २१८ वटा स्थानीय तहहरु परेका छन् ।
त्यस्तै, ग वर्ग अर्थात् मध्यम अन्तर्गत २७५ र घ वर्ग अर्थात् सुगम अन्तर्गत ९८ वटा स्थानीय तहहरु परेका छन् । यस विवरणलाई हेर्दा सबैभन्दा बढी २७५ स्थानीय तह मध्यम अर्थात ग वर्गमा परेका छन् भने सबैभन्दा कम ९८ स्थानीय तह सुगम अर्थात् घ वर्गमा परेका छन् ।
कुन स्थानीय तह कुन वर्गमा परे भनेर विस्तृतमा यहाँ हेर्नुहाेस्ः



















लाेकपाटी न्यूज

