बधाईका लागि नअल्झाउनुस्, मन्त्रालयकाे काम गर्न दिनुस्

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडौं , २० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आज सोमबारदेखि शुभकामना र बधाई दिनेहरूलाई समय उपलब्ध नगराउने भएका छन्।नव नियुक्त मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले विभिन्न सामाजिक सञ्जालमा शुभकामना तथा बधाई दिनेहरूलाई धन्यवाद दिँदै आजदेखि, कार्यकर्ता, सुभेच्छुकहरूलाई बधाई दिन मन्त्रालयमा नआउन आग्रहसमेत गरेका छन्।

उनले कार्य व्यस्तताका कारण समय दिन नसकिने उल्लेख गरेका छन्। मन्त्री भट्टराईले प्रधानमन्त्रीले आफूलाई भरोसा गरेर प्रधानमन्त्रीले दिएको जिम्मेवारीलाई टुट्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

यस्तो छ मन्त्री भट्टराईको स्टाटस

हार्दिक कृतज्ञता

सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वले मलाई विश्वास गरेर संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्यूनिष्ट पार्टी नेतृत्व प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । मैले मन्त्रालयको जिम्मेवारी लिए संगै मलाई प्रत्यक्ष भेटेर फोन मार्फत तथा Facebook,Twitter,Viber,WhatsApp,WeChat लगायतका सामाजिक सञ्जाल मार्फत म प्रति विश्वास र भरोसा राखी शुभकामना एवं वधाई ज्ञापन गर्नुहुने अग्रज शुभेच्छुक राजनीतिक मित्रहरु एवं सम्पूर्ण महानुभावहरुमा अन्तरहृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु ।

यहाँहरुले म प्रति प्रकट गर्नु भएको स्नेह एवं शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने उर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरे संगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलव्ध गराउन कठिनाई भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु ।

साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आज देखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सविनय अनुरोध गर्दछु । यहाँहरुले म प्रति देखाउनु भएको भरोसा र विश्वास कहिँ कतै टुट्न नदिने र यहाँहरु सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहान्छु । शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्विरहरुलाई लिएर म प्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।

योगेश भट्टराई
मन्त्री
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्