विप्लव नेकपाका ईञ्चार्ज ढुंगेल पक्राउ

biplob
लाेकपाटी न्यूज

काडमाडौं, २० साउन। काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव नेकपाका रामेछाप जिल्ला ईञ्चार्जलाई पक्राउ गरेको छ।

टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव नेकपाका रामेछाप जिल्ला ईञ्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन्।

ढुंगेललाई भम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ।काभ्रेका प्रहरी प्रमूख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी कसुरमा पक्राउ गरेको बताए।