पूर्वराजा शाहले बजारमा ल्याए ‘सन्देश संग्रह’ पुस्तक

Gyanendra_Shah
लाेकपाटी न्यूज

काठमाडौं, १९ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले पुस्तक बजारमा ल्याएका छन्। आज (आइतबार) एक कार्यक्रमकाबीच पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पूर्व राजाले लेखेको पुस्तक ‘सन्देश संग्रह’ विमोचन गरेको छ।

सो क्रममा बोल्दै हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्वयुवराज्ञी हिमानी शाहले यस पुस्तक बिक्री गरेर ‘दैवी प्रकोप उद्धार कोष’ मा रकम संकलन गर्ने घोषणा गरिन्। उनले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन्।

पूर्वराजा शाहले ट्रस्टलाई ५ सय थान पुस्तक दिएका छन्। उक्त पुस्तक बिक्रीबाट आएको रकम विभिन्न किसिमका प्राकृतिक प्रकोपटबाट पीडित व्यक्तिलाई सहयोग गरिने पूर्व युवराज्ञी शाहले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्