आइतबार कति पुग्यो मुद्राको भाउ ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाण्डौं, १९ साउन । आइतबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ।

शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ७९ पैसा थियो। आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा तोकेको छ। शुक्रबार यसको १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा थियो।

यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकेको छ। शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको थियो। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ। शुक्रबार यसको १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा थियो।

मलेसियन रिंगिटको भाउ पनि शुक्रबारको भन्दा केही पैसाले बढेको छ। आइतबार रिगिंट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा पुगेको छ।  शुक्रबार १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा थियो।  कोरियन वन को मूल्यमा भने कुनै फेरबदल भएको छैन।

शुक्रबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा थियो आज पनि त्यती नै छ। कुवेती दिनारको भाउ भने धेरैले बढेको छ । आइतबार यसको १ को खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा पुगेको छ। शुक्रबार यसको १ को खरिददर ३६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा मात्र थियो।

अनि आइतबार बहराइन दिनारको मूल्य पनि बढेको छ। आइतबार बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा पुगेको छ। शुक्रबार यसको १ को खरिददर २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्