विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य जिसी पक्राउ

biplob
लाेकपाटी न्यूज

दाङ, १९ साउन। नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन्।घोराही उपमहानगपालिका १५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।

शनिबार साँझ साँढे ५ बजे लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ।

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन्।