युएई गएका प्रचण्ड स्वदेश फिर्ता

uae prathan prachanda
लाेकपाटी न्यूज

काठमाडौं, १८ साउन । पारीवारिक भ्रमणका लागि दुबई गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राति स्वदेश फर्किँदैछन् ।

गत मंगलबार सपरीवार युएईको दुबई गएका प्रचण्ड आज राति १२ः१० बजे फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

पारीवारिक भ्रमणका लागि यूएई गएका उनी भ्रमण पूरा गरी फर्किन लागेका हुन् । उनका स्वकीय सचिव विष्णु सापकोटाले प्रचण्ड फर्किन लागेको जानकारी दिए । पत्नी सीताको उपचारका लागि प्रचण्ड विदेश गएका थिए ।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी रेणु र गंगा दाहालसहित युएई प्रस्थान गरेका थिए । ५ दिनसम्म युएई भ्रमणका क्रममा त्यहाँ रहेका केही नेपालीसँग सामान्य भेटघाट भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।