विश्वकै अग्लो कृष्ण मूर्तिमा सरसफाई एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, १८ साउन । कृष्ण जन्मअष्टमीको अवसरमा मेला महोत्सव आयोजना गरिने विश्वकै अग्लो कृष्ण मूर्ति परिसरमा व्यापक सरसफाई एवं अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल ४ स्थित कृष्ण मुर्ति परिसरमा व्यापक सहभागितामा सरसफाई गरिएको हो ।

सरसफाईसँगै सुनवल नगरपालकाका प्रमूख भिम बहादुर थापाको प्रमूख अतिथ्यतामा अन्तरक्रिया र्कायक्रम सपन्न भएको हो । नगरप्रमुख थापाले नगर भित्रको प्रमूख धार्मिक पर्यटकीय क्षेत्रहरुमध्ये वडा नम्वर ४ को श्री कृष्ण धाममा अवस्थीत कृष्ण मूर्ति परिसरको विकासका निम्ति नगरपालिकाको विशेष महत्व रहने बताए। उनले कृष्ण मूर्ति नगरपालिकाको गहनाको रुपमा रहेको भन्दै धार्मिक महत्व वोकेको कृष्ण मूर्तिलाई नेपालसँगै विश्वमै प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए।

मेला सफल भएमा धार्मिक महत्व झनै बढ्ने भन्दै नगरप्रमूख थापाले सुनवल नगरपालिकाले गर्ने काम स्थानीयहरुले गरेकोमा नगरपालका हर्षित भएको बताए । विशेष गरि धार्मिक आस्थासँग जोडेर दिर्घकालिन योजनाका साथ अगाडि बढे दिगोपना हुने भन्दै उनले अगामी भाद्र १ गते देखि ७ गतेसम्म संचालन हुने मेलालाई सफल र मर्यादित बनाउनु पर्ने बताए।

त्यस्तै गरि विशेष अतिथि वडा नम्वर ४ का वडाअध्यक्ष विर वहादुर गुरुङले विश्वकै अग्लो कृष्ण मूर्ति रहेको श्रीकृष्ण धाम विकासका निम्ति सवै एक जुट हुनुपर्नेमा जोड दिँदै आगामी भाद्र १ गते देखि चैत्र ७ गतेसम्म संचालन हुने मेलालाई भव्य र सभ्य बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा समाजसेवी दिपक ढकालले मेला मोहत्सवमा धार्मिक व्यक्तिहरुको महत्वपूर्ण भूमिका हुने बताए ।त्यसै गरी मेला महोत्सवका प्रचार प्रसार समितिका संयोजक खड्क वस्नेतले मेलालाई सफल बनाउन सवैको सकरात्मक भूमिका हुनुपर्नेमा जोड दिए ।

श्री कृष्ण जन्मअष्टमी मेला अयोजक समितिका अध्यक्ष एवं सरसफाई तथा अन्तरकृया कार्यक्रमका अध्यक्ष वालकृष्ण पंगेनीले सवैको साथ र सहयोग बाट मेला महोत्व सफल हुनेमा आफू ढुक्क रहेको बताए ।

कार्यक्रमा वडा सदस्यहरु रमादेवि शर्मा , गौमाया गुरुङ, दशरथ कुमाल, शान्ता भण्डारी लगाएतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा समाजिक व्यक्तित्वहरु गोपाल प्रसाद शर्मा ,कृष्ण प्रसाद लामिछाने, याम प्रसाद ढकाल, उमाकान्त उपाध्याय, यज्ञप्रासद पाण्डे, हरि प्रसाद कंडेल, वालकृष्ण पौडेल, नेत्र भट्टराई लागाएत आमा समुहका अध्यक्षहरु, टोलविकास समित र स्थानीयहरुको वाक्लो उपस्थीति रहेको कार्यक्रमको संचालन मेला अयोजक समितिका सचिव जगत पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्