काठमाडौं, १८ साउन । काठमाडौंको कालिमाटीस्थित टंकेश्वरमा बुद्धलाल तामाङ मृत अवस्थामा भेटिएका छन्। काभ्रे स्थायी घर भएका उनी हाल काठमाडौंको वनदेवीमा बस्दै आएका थिए।
उनलाई शनिबार बिहान स्थानीयले मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए।
तामाङको मृत्यु बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी सवारी चालकको रुपमा काम गर्दे आएको प्रहरीको भनाइ छ।



लाेकपाटी न्यूज
