प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै, के-के छन् कार्यक्रम ? 

PM_KP_Oli
लाेकपाटी न्यूज

काठमाडौं, १८ साउन। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ परीक्षण गराउन शनिबार राति सिंगापुर जाँदैछन्। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेलुकी ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जानेछन्।

प्रधानमन्त्रीको साथमा नीजि चिकित्सक डा. दिव्यासिंह शाह पनि जाने छन्। सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटल प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गराइदैैछ।

सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालबाट प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली केही दिन सिंगापुरमा आराम गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्