एजेन्सी । वरिष्ठ पत्रकार रविश कुमारलाई प्रतिष्ठित रेमन म्यागसेसे सम्मान प्रदान गरिएको छ । साहसिक र परिवर्तनकारी नेतृत्वका लागि दिइने गरेकाे उक्त सम्मान भारतका वरिष्ठ पत्रकार रविशलाई प्रदान गरिएकाे हाे ।
यो सम्मान एशियामा साहसिक र परिवर्तनकारी नेतृत्वका लागि दिइन्छ । अवार्ड प्रदान गर्ने संस्थानले रविश कुमारले आफ्नो पत्रकारितामार्फत् उपेक्षा गरिएका व्यक्तिहरुको आवाजलाई मूलधारमा ल्याएको बताएको छ । रेमन म्यागसेसे संस्थानले भनेको छ, ‘यदि तपाईं मानिसको आवाज बन्नुहुन्छ भने तपाईं पत्रकार हो ।’
रविश कुमार हिन्दी समाचार च्यानल एनडीटीभी इन्डियाका सबैभन्दा लोकप्रिय अनुहार हुन् । रविशबाहेक सन् २०१९ को म्यागसेसे अवार्ड म्यान्मारका को स्वे विन, थाइल्याण्डको अंगखाना निलापाइजित, फिलिपिन्सका रेमुन्डो पुजान्ते र दक्षिण कोरियाका किम जोंग–कीलाई पनि प्रदान गरिएको छ ।



लाेकपाटी न्यूज

