कसरी जाने क्यानडा, भिसाका लागि के–के गर्नुपर्छ ?

canada flag
लाेकपाटी न्यूज

काठमाडौं। क्यानडा जान चाहने नेपालीहरुको संख्या कम छैन। तर, क्यानडा जाने कसरी ? कति लागत लाग्छ ? त्यहाँ पुगेपछि गर्नुपर्ने प्रक्रिया कस्तो हुन्छ ? यसबारे धेरैमा जिज्ञासा हुने गरेको छ। हामीले क्यानडा जान चाहनेहरुले बारम्बार सोध्ने ११ प्रश्न र त्यसको उत्तर यहाँ प्रकाशित गरेका छौं।

(१) भिसा आवेदन केन्द्र (VAC) के हो ?

उत्तरः विश्वका विभिन्न देशबाट क्यानडा जान चाहने र क्यानडाबाट विश्वका विभिन्न मुलूकमा भ्रमण गर्न जानेहरुको आगन्तुक, अध्ययन र कार्य अनुमति भिसाका लागि प्रशासनिक सहयोग गर्न भिसा आवेदन केन्द्र स्थापना गरिएको हुन्छ।

(२) नेपालको लागि VAC ठेकेदार को हो ?

उत्तरः भिएसीका लागि विभिन्न नीजि कम्पनिहरुले काम गरिरहेका हुन्छन्, जो नेपालमा भिसा आवेदन केन्द्र सञ्चालनका लागि अध्यागमन, शरणार्थीहरु र नागरिकता क्यानडाद्वारा प्राधिकृत हुन्छ।

(३) मैले मेरो भिसा आवेदन कहाँ पेश गर्ने ?

उत्तरः तपाईंले आफ्नो आवेदन भिसा आवेदन केन्द्रमा जम्मा गर्न सक्नुहुन्छ। क्यानेडाली भिसा कार्यालय वा IRCC को अनलाइन आवेदन प्रणाली (E-Apps) प्रयोग गरि पनि आवेदनहरु IRCC मा पेश गर्न सकिन्छ।

(४) के अरु कोही व्यक्तिले मेरो तर्फबाट आवेदन पेश गर्न सक्छ ?

उत्तरः तपाईंले आफ्नो तर्फबाट तपाईंको आवेदन जम्मा गराउन प्रतिनिधि नियुक्त गर्न सक्नुहुन्छ। त्यसो गर्न प्रतिनिधि IMM 5476 फारामको प्रयोग पूरा गर्नुपर्छ।

(५) मैले मेरो आवेदन पेश गरेपछि के हुन्छ ?

उत्तरः एकपटक तपाईंले भिसा आवेदन केन्द्रमा तपाईंको आवेदन जम्मा गराएपछि, VAC कर्मचारीले IRCC आवश्यकताहरु अनुरुप सम्पूर्णता जाँच गर्नेछ। त्यसपछि तपाईंको तर्फबाट आवेदन पेश गर्नेछ। एकपटक भिसा कार्यालयले तपाईंको आवेदन निर्धारित गरेपछि तिनीहरुले निर्णय गर्नेछन् र तपाईंको राहदानीमा भिसाप्रति पाना संयोजित गर्नेछन् वा तपाईंलाई किन भिसा प्रदान गर्न सकिन्नँ भनि व्याख्या गरिएको पत्रद्वारा तपाईंलाई जानकारी दिनेछन्।

त्यसपछि भिसा कार्यालयले तपाईंको राहदानी भिसा आवेदन केन्द्रमा सुरक्षित फिर्ता गर्नेछन् र भिसा आवेदन केन्द्रले तपाईंको सजिलो सञ्चार विधिमार्फत् तपाईंलाई सूचित गर्नेछ। तपाईंको राहदानी फिर्ताका लागि तयार छ भनी अनलाइन आवेदन ट्रयाकिङ प्रणालीमा पनि जानकारी हुनेछ। त्यसपछि तपाईं आफ्नो राहदानी फिर्ता लिन भिसा आवेदन केन्द्रमा पुग्नुपर्छ।

(६) मलाई कुन प्रकारको भिसा आवश्यक पर्छ ?

उत्तरः तपाईंको भिसाको किसिम तपाईंको क्यानडा भ्रमणको प्रयोजनमा भर पर्छ। भिसाका किसिम सम्बन्धि थप जानकारी अध्यागमन, शरणार्थीहरु र नागरिकता क्यानडा वेभसाइटबाट लिन सकिन्छ।

(७) मैले मेरो राहदानी कसरी फिर्ता पाउन सक्छु ?

उत्तरः तपाईंको राहदानी फिर्ताका लागि VAC मा सम्पर्क गर्न सकिन्छ।

(८) मैले मेरो राहदानी फिर्ता पाउन कुन कागजात पेश गर्नुपर्छ ?

उत्तरः राहदानी फिर्ता लिन निम्न कागजात चाहिन्छ, (१) आवेदन गर्दा तपाईंलाई प्रदान गरिएको स्वीकृति पत्र, (२) तपाईको परिचय खुल्ने परिचय पत्र, (३) तपाईंको फोटोग्राफिक आइडीको प्रतिलिपि, (४) तपाईले हस्ताक्षर गरेर लिएका आधिकारिक पत्रहरु फिर्ता गर्नुपर्छ।

(९) आवेदन प्रक्रिया कति लामो समयसम्म हुन सक्नेछ ?

उत्तरः आवेदन प्रक्रियाको समयका लागि भिसा कार्यालयको वेभसाइट हेर्न सकिन्छ वा फोनबाट जानकारी लिन सकिन्छ।

(१०) के म भिसा कार्यालयमा अन्तर्वार्ताका लागि जानुपर्छ ?

उत्तरः तपाईंलाई अन्तरवार्तामा सहभागिताका लागि अनुरोध गर्न सक्छ। भिसा आवेदन केन्द्रले तपाईंलाई सम्पर्क गर्नेछ र तपाईं अनलाइन आवेदन ट्रयाकिङ प्रणालीमा गरिएको अद्यावधिकबाट पनि जानकारी लिन सकिन्छ।

(११) मैले अन्य जानकारीका लागि कसलाई सम्पर्क गर्न सक्छु ?

उत्तरः भिसा आवेदन केन्द्रको कल केन्द्रमा सम्पर्क गर्न सक्नहुन्छ वा वेभसाइटबाट जानकारी लिन सक्नुहुन्छ।