नयाँ प्रहरी प्रमूख आएलगत्तै ८ फरार अभियुक्त पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

बर्दिया, १६ साउन। बर्दियामा एसपी राजेशनाथ बाँस्तोलाले जिल्ला प्रहरी प्रमूखको जिम्मेवारी सम्हालेलगत्तै वर्षौदेखि फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरी प्रधान कार्यालयबाट जेठ १ गते त्यस जिल्लाको प्रहरी प्रमूखको जिम्मेवारी सम्हालेका एसपी बास्तोला आउन साथ फरार अभियुक्तको फाईल पल्टाउन सुरु गरे।

फलतः प्रहरीकै आँखा अगाडी लुकेर बसेका ८ जना फरार अभियुक्तहरु पक्राउ परि कैद सजाय भुक्तानीका लागि कारागार चलान भएका छन्। पछिल्लो चरण २०५८ साल कार्तिक ७ गतेका दिन जिल्लाको साविक सौरहवा गाविस वडा नम्वर ३ खैरेनीका रतन भन्ने रत्कली बिकको हत्या अभियोगी बढैयाताल गाउँपालिका ४ का ५७ वर्षीय वलिराम खुना थारुलाई प्रहरीले घटनाको झण्डै १८ वर्षपछि पक्राउ गरि अदालतमा बुझाएको छ।

थारुलाई १७ वर्ष ७ महिना १५ दिन कैद सजायको फैसला अदालतले गरेको थियो। त्यस्तै जबरजस्ती करणी उद्योगमा २ बर्ष ६ महिना कैद सजायको फैसला भएका बढैयाताल ४ का ३६ख वर्षीय टेकबहादुर विक पनि पक्राउ परेका छन्।

प्रहरीलाई झुटो जाहेरी दिने मधुवन नगरपालिका ७ का ३९ वर्षीय फगुना थारु, सोही स्थानका क्रमशः २७ वर्षीया लालरानी चौधरी, ३८ वर्षीया मिठु सार्की, वर्ष ३८ का सुमन चौथरी र ३१ वर्षीय रामकिसन थारु पनि पक्राउ परेका छन्। त्यस्तै, सरकारी कागज किर्ते गर्ने ठाकुरबाबा नगरपालिका ५५ वर्षीय राजु भन्ने राजन ढुङ्गानासहित ८ जना पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्