काठमाडौं, १६ साउन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पेरीसडाडाँमा पुगेर शहीदहरुको स्मारकमा माल्यार्पण गरेका छन्। मन्त्री भट्टराईले शहीदहरुको स्मारकमा मल्यार्पण गरेर आजबाट मन्त्रालयको काम शुरुवात गरेका छन्।
तत्कालीन एमालेबाट मन्त्री बनेका भट्टराइले पेरिसडाडाँ पुगेर शहीदप्रति सम्मान दर्शाउँदै माल्यार्पण गरेका हुन्। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन्।
पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपालाई अहिलेको स्थानसम्म पुर्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि योगदान रहेको बताए। केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो।



लाेकपाटी न्यूज

