काठमाडाैं, १५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईले नेपाल एयरलाइन्समा क्रान्ति ल्याउने बताएका छन् । उनले एयरलाइन्सकाे साख अझै माथि उठाउने बताएका छन्।
बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले अहिले नेपाल एयरलाइन्सप्रति उठेका प्रश्नको समाधान गर्ने बताए । उनले भने, ‘अहिले नेपाल एयरलाइन्सप्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं । र, एकदिन वाह ! नेपाल एयरलाइन्यस भन्ने बनाउँछौं।’
उनले आफू अपर्झट मन्त्रालय सम्हाल्न आइपुगेको पनि बताए। ‘मलाई १ बजे बोलाएर प्रधानमन्त्रीले मन्त्रीको प्रस्ताव गर्नुभयो,’ भट्टराईले भने, ‘यो मन्त्रालयमा कति नम्बरमा परेँ थाहा छैन। फोटा धेरै छन्। उहाँहरू सबैसँग राय सुझाव लिनेछु।’



लाेकपाटी न्यूज

