परिवारसहित नेकपा अध्यक्ष प्रचण्ड युएईमा

लाेकपाटी न्यूज

युएई, १४ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युएई पुगेका छन् । अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका क्रममा नेपाल मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका हुन् ।

अध्यक्ष दाहाल मंगलबार दिउँसो १२:३० बजे फ्लाई दुबईको फ्लाईट मार्फत परिवारसहित दुबई पुगेका हुन् । भ्रमण नितान्त पारिवारिक भएकाले युएईमा कुनै पनि भेटघाट भने नहुने बताइएको छ ।

लामो समयदेखि अस्वस्थ रहेकी पत्नी सिता दाहालको आग्रहमा प्रचण्ड दुबई पुगेकाे प्रचण्डको निजी सचिवालयले जनाएको छ । भ्रमण टोलीमा प्रचण्डका साथमा पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।