पत्नीसहित नेकपा अध्यक्ष प्रचण्ड युएई प्रस्थान

uae prathan prachanda
लाेकपाटी न्यूज

काठमाडौं, १४ साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मंगलबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी रेनु र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन्।

लोमो समय रहेकी प्रचण्ड पत्नी सीताको इच्छाअनुसार प्रचण्ड परिवारले युएईको भ्रमण तय गरेको हो।
प्रचण्ड ५ दिनसम्म युएईमा रहने जनाइएको छ।

युएई भ्रमणका क्रममा त्यहाँ रहेका केही नेपालीसँग सामान्य भेटघाट हुने संभावना रहे पनि कुनै राजनीतिक भेटघाट भने नहुने प्रचण्डको नीजी सचिवालयले जनाएको छ।