वीरगन्ज, १४ साउन। पर्सा प्रहरीले ८९ किलो गाँजासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।पर्साको वीरगन्ज महानगरपालिका २५ ड्राइपोर्ट बहुअरी क्षेत्रबाट नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर–२८–जी–२७७० को बोलोरो गाडीमा सवार ४ जना भारतीय नागरिक पक्राउ परेका हुन्।
चेकजाँचका क्रममा बीआर–२८–जी–२७७० नम्बरको गाडीमा ८९ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा भारतीय राज्य बिहारअन्तर्गतको मोतिहारी जिल्ला विसुनपुर ३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, बिहार मोतिहारीकै फुलवरिया ११ का ३२ वर्षीय असलम आलम साइन, फुलवरिया ११ कै २८ वर्षीय इर्साद साइन र मोतिहारीअन्तर्गतको सितलपट्टी घर भएका सुनिल साह छन्।
उनीहरुले गाडीमा विशेष प्रकारको फल्स बटम बनाएर लुकाइछिपाइ भारततर्फ गाँजा तस्करी गरिरहेका थिए।



लाेकपाटी न्यूज

