१३ जुवाडे पक्राउ

juwa 1
लाेकपाटी न्यूज

रमेश भुषाल/नवलपरासी, १४ साउन। पश्चिम नवलपरासीको सुनवल १२ भतौडीबाट १३ जुवाडेलाई नगद सहित प्रहरीले पक्राउ गरेको छ। स्थानिय वोलेन्द्र खड्काको पोल्ट्रीफर्ममा जुवा खेलेको सुचनाका आधारमा प्रहरी टोलिले पक्राउ गरेको हो ।

जुवाको खालबाट ६४ हजार ६ सय ४५ रुपौयाँ र ६ वुक तास वरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

नगद र ताससहित पक्राउ परेका सबैलाई जुवा मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अगाडि वढाएको प्रहरी जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्