यस्तो छ बिहीबारसम्मको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, १४ साउन। मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भागभन्दा दक्षिण तिर रहेको जनाएको छ। जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको जनाइएको छ। महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको जनाइएको छ।

मंगलबार राति देशैभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ। पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ। पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ। बुधबार राति पनि केही स्थानमा वर्षा हुने संभावना छ।

बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना छ। बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्