कुमार पौडेलको हत्याबारे छानविन समिति बनाउन कांग्रेसको माग

samsad
लाेकपाटी न्यूज

काठमाडौं, १३ साउन। नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ। सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए।

सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दे आएका उनीहरुले सोही मागबारे ध्यानाकर्षण गराउन उभिएको भएपनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउदै ‘शून्य समयको कारवाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्टम घेराउ गर्न पुगेका थिए।

उनीहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरभन्दै रोष्टम अगाडि नाराबाजी गरे। आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्