विप्लवका नेता कार्यकर्ता नेकपा प्रवेश, प्रचण्डद्वारा स्वागत

5
लाेकपाटी न्यूज

ललितपुर, १३ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रीत भएर गरिने क्रान्ति भएको बताएका छन्। अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताए।

सोमबार आफ्नै निवास खुमल्टारमा विप्लव नेकपा परित्याग गरी नेकपामा प्रवेश गर्ने सो पार्टीका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरु विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाई थियो।

प्रचण्डले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने पनि बताए। नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव नेकपा परित्याग गरेको बताए। पार्टी प्रवेश गर्नेहरुमा रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की, नमराज शर्मालगायत रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्