काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सोमबार प्रकाशित गर्ने तयारी गरेको छ। परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको परीक्षा बोर्ड स्रोतले जानकारी दिएको छ।
परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ। परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ।
बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको हो। कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो।
परीक्षामा देशभरबाट सहभागी ४ लाख परीक्षार्थी परीक्षाफलको पर्खाइमा छन्। विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग,अलग समयमा प्रकाशन गर्ने गरिएको थियो।तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ।त्यस्तै नेपाल टेलिकम, शिक्षा मन्त्रालय लगायतका वेभसाइटमा हेर्न सकिनेछ।



लाेकपाटी न्यूज

