सोमबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ। दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले साथ दिनेछ। आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। सजिलै अरूको मन जित्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आम्दानीमा पनि कमी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाणीमा कुशलता आउने दिन परेको छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ। यात्रा गर्ने अवसर पनि जुट्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परदेशी घर फर्कने र घर परिवारमा र रमाइलो वातावरण छाउनेछ। रोपकारका क्षेत्रमा लगानीको समय छ। हर्ष र प्रसन्नता छाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। सामाजिक काममा व्यास्त हुने समय रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्