भरुवा बन्दुकसहित दुई युवक प्रहरी नियन्त्रणमा

लाेकपाटी न्यूज

महेश सिंह महतो/सिरहा, १२ साउन । सिरहाको कल्याणपुरबाट दुई युवकलाई शनिबार प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका–११ बस्ने सुकना मण्डलका १९ वर्षीय छोरा मनिष मण्डल र कल्याणपुर ३ को कारी मंसुरीको २४ वर्षीय छोरा मो‍ जाकीर मिया रहेका छन् । शनिबार ११ बजे रातिको समयमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो।

युवकहरु लिएर गाउँमा घुमफिर गरिरहेको बेला सूचनाको आधारमा उनीहरु सवार रहेको बी आर ३२ क्यु १३८० नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताए ।

पक्राउ परेका दुबैमाथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाइने डिएसपी बोहराले जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्