कर्णाली राजमार्गमा पहिराे : यातायात पूर्ण रुपमा ठप्प

लाेकपाटी न्यूज

काठमाडाैं, १२ साउन । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

उनले ४० मिटर लामो सडकमा पहिरो गएको बताए । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ कार्कीले भने “पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।”

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनियरसहितको टोली त्यसतर्फ गएको छ । कर्णाली राजमार्ग अन्तर्गतको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोका कारण करिब ४० मिटर सडक भासिएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्