छवि र शिल्पालाई छिट्टै पक्रन्छौं : प्रहरी प्रवक्ता पोखरेल

Chabi-and-silpa pic
लाेकपाटी न्यूज

काठमाडौं, ११ साउन । चर्चित निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको छ। बहुविवाहको उजुरी परेपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको हो।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले आफूहरु ओझा र पोखरेलको खोजीमा जुटिसकेको बताए। उनले भनेका छन्,‘हामी अनुशन्धानको नजिक पुगेका छौं। एक–दुई दिनभित्रै छवि र शिल्पालाई पक्राउ गर्छौं।

कारबाही कसरी अघि बढाउने भन्ने कुरा पक्राउ गरेपछि मात्रै थाहा हुन्छ। छविजीको जेठी श्रीमती हेमाको उजुरीमा पनि अनुशन्धान गर्छौं। बहुविवाह गर्नेलाई छोड्दैनौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्