काठमाडाैं, ११ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले वर्तमान सरकारले समृद्धिकाे कुरा गर्ने नैतिकता गुमाई सकेको भन्दै त्यसकाे औचित्य नभएकाे बताएका छन् ।
याे सरकार काम गर्न त के अरुले गरेको कामको जस लिन समेत अयोग्य साबित भइसकेकाे कुराको ज्वलन्त उदाहरण पूरा हुनै लागिसकेको मेलम्ची खानेपानीको काम सरकारकै कारण अनिश्चित बन्नुलाई लिन सकिने उनले बताए ।
आज भएकाे एक भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले काम गर्न सकोस् भनेर आफूहरुले सहयोग गर्न चाहे पनि सरकार सबैको साथ सहयोग लिएर अघि बढ्नुको सट्टा भाषणबाजीमा लागिरहेकाे आराेप लगाए । उनले वर्तमान सरकारकै कारण मुलूक असफलतातिर गइरहेकाे बताए ।
भनाई कम्युनिष्ट र गराई फरक भएकाे भन्दै उनले जनमतको सम्मान गरेर काम गर्दै अगाडि बढ्न सरकारलाई आग्रह गरे । मुलूकको अर्थतन्त्र डामाडोल भैसकेकाले समय छँदै सबै जिम्मेवार बन्नुपर्नेमा उनकाे जोड थियाे । उनले सरकारले राम्रा काम गरेमा आफूहरु पनि सहयाेगी बन्न चाहेकाे प्रस्ट पारेका छन् ।
कार्यक्रममा गुज्जेश्वरि बाल शिक्षा माध्यमिक बिधालय थापाथलीमा अध्ययनरत २०० विद्यार्थीहरुलाई पूर्व गभर्नर हिमालय सम्सेर जबराको सहयोगमा प्राप्त विद्यालय पाेसाक वितरण गर्दै उनले यस बर्ष उक्त विद्यालयबाट SEE मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान समेत गरेका थिए ।



लाेकपाटी न्यूज

