काठमाडौं, ११ साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले चोभारस्थित बागमती–नख्खु दोभानमा बाढी नियन्त्रण गरी डुङ्गा चलाउने आफ्नो योजना रहेको बताएकी छिन्। शनिबार बिहान नख्खु खोलाले डुवान गरेको क्षेत्रको अवलोकनपछि बागडोलबासीसँग छलफलमा सांसद भुसालले उक्त योजना रहेको बताएकी हुन्।
उनले भनिन्,‘चोभारस्थित बागमती– नख्खु दोभानमा आउने वर्षेनीको बाढीलाई नियन्त्रण गरी चोभारको ऐतिहासिक तथा पर्यटकीय महत्वको संरक्षण गर्न सकिन्छ। चोभार दोभानमा तलाउ निर्माण गरी डुङ्गा चलाउने मैले योजना बनाएकी छु।’
साथै उनले नख्खु करिडोर र बागमती करिडोर निर्माणमा आफूले विशेष जोड दिएको पनि बताइन्। सांसद भुसालका अनुसार चोभार गल्छेडोको कारण आउने वर्षेनीको बाढी नियन्त्रणमा विशेषज्ञ खटाई स्थायी रुपमा दोभानमा आउने बाढीको नियन्त्रणमा पहल भइरहेको छ।



लाेकपाटी न्यूज

