काठमाडौं, १० साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता योगेश भट्टराईले पार्टीको सवैभन्दा अप्ठ्यारो, जोखिमयुक्त र चुनौतीपूर्ण जिम्मेवारी दिएर आफ्नो परीक्षा लिन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई आग्रह गरेका छन्। नेकपाकमा विभागको नेतृत्वमा बहस भइरहँदा युवा नेता भट्टराईले दुवै अध्यक्षलाई उक्त आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमा युवा नेता भट्टराईले युवा तथा खेलकूद विभागको नेतृत्व पाएको भन्दै बधाई आएपछि सो विषयमा आफ्नो धारणा प्रष्ट पार्दै उनले पार्टीमा सबैभन्दा अप्ठ्यारो, कसैले लिन नमान्ने जोखिम र चुनौतीपूर्ण जिम्मेवारी आफूलाई दिएर परीक्षा लिन आग्रह गरेका हुन्। ‘जिम्मेवारी व्यक्तिको योग्यता, क्षमता र उसको रुचिका आधारमा हुनुपर्दछ, निर्णय र मापदण्ड पारदर्शी होस् भन्ने मेरो मान्यता छ, सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण जिम्मेवारी मलाई दिन र त्यसबाट मेरो परीक्षा लिन पार्टीका अध्यक्षद्वयलाई मेरो अनुरोध छ,’ भट्टराईले लेखेका छन्।
उनले अहिलेसम्म जिम्मेवारीको टुंगो नलागेको भन्दै बधाई दिने साथीहरुलाई बिनम्रतापूर्वक त्यस्तो काम नगर्न भनेका छन्। ‘पार्टी कामको जिम्मेवारीको टुङ्गो लागिसकेको छैन र मेरो जिम्मेवारीको औपचारिक जानकारी मलाई सूचित गरिएको छैन। पार्टीको कुनै पनि जिम्मेवारी सानो वा ठूलो भन्ने हुँदैन, यो मेरो विश्वास हो,’ भट्टराईले लेखेका छन्।
सअघि पनि भट्टराईले कार्यबिभाजनलाई लिएर पाँच सुझाव दिएका थिए। पार्टीभित्र वैचारिक र संगठनात्मक बहस चलिरहेका बेला भट्टराईले समाधानका लागि सुझाव दिँदै आएका छन्। यस्तो छ भट्टराईको स्टाटस।




लाेकपाटी न्यूज

